Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई प्रधानमन्त्री ओलीको बधाई

नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई प्रधानमन्त्री ओलीको बधाई

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ (एमएफएन) मा ऐतिहासिक जित हात पारी बान्टमवेट च्याम्पियन बनेका छन् ।

भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै एमएफएन–१७ मा उपाधि जित्ने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ढाँटलाई बधाई दिएका छन् ।

उनले लेखेका छन्, “पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।”

रवीन्द्र ढाँटको यो जित नेपाली एमएमए खेलको इतिहासमा एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077