Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आज मध्यरातमा तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली, भ्रमण टोलीमा एमाले सांसददेखि मिडियाकर्मीसम्म

आज मध्यरातमा तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली, भ्रमण टोलीमा एमाले सांसददेखि मिडियाकर्मीसम्म

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।
प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नेछन् ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत छन् ।

प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077