काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहको मस्यौदालाई व्यक्ति विशेषको सोच रहेको तर्क गरेका छन् ।
महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको तर्क गरेका हुन् ।
पोखरेलले आज फेसबुकमा लेखेका छन् - ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुस्खद पक्ष हो ।’
विशेष परिस्थिति’मा बहुविवाहलाई वैधता दिने भन्दै कानून, न्याय तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेको छ ।