Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कुलिङ पिरियड छानबिन : बैठक छाडेर एकाएक संयोजकसहित ४ सदस्य बाहिरिएपछि...

कुलिङ पिरियड छानबिन : बैठक छाडेर एकाएक संयोजकसहित ४ सदस्य बाहिरिएपछि...

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड गडबडीबारे छानबिन गर्नका लागि गठित समितिका संयोजकसहित ४ सदस्य एकाएक बैठक छोडेर बाहिरिएका छन्।

छानबिन समितिको बैठक चलिरहँदा उनीहरू बैठक छोडेर बाहिरिएका हुन्।

छानबिन समितिकी सदस्य तथा राप्रपाकी सांसद रोशन कार्कीले  चारजना सांसद एक्कासि उठेर हिँडेको बताइन्। 'बैठकबाट एकाएक उहाँहरू एक्कासि उठेर जानु भयो कहाँ जानुभयो थाहा भएन। अहिले हुनुहुन्न। चारै सांसदलाई मोबाइलमा पटकपटक सम्पर्क गर्दा उनीहरूले उठाएनन्। विपक्षी दलका हामी चाहिँ बसिरहेकै छौँ',- उनले भनिन्।

बैठक छोडेर निस्कनेमा समिति संयोजक तथा कांग्रेस सांसद जीवन परियार, कांग्रेस सचेतक सुशीला थिङ त्यस्तै एमालेकी ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य छन्।

गत २३ असारमा विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निष्क्रिय हुने उल्लेख भएपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गरेको थियो।

गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो। पछि एक साता थपिएको हो। थपिएको म्याद आज सकिँदैछ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन्।

कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077