Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कोशी प्रमुखको कार्यभार मधेश प्रमुख भण्डारीलाई

कोशी प्रमुखको कार्यभार मधेश प्रमुख भण्डारीलाई

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गको अनुपस्थितिमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई प्रमुखको कार्यभार दिइएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम भण्डारीलाई प्रमुख तोकिएको हो ।

आइतबार कोशीका प्रमुख खापङु्ग नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएपछि भण्डारीलाई कोशी प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077