हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री लामाले आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामाको पत्र दर्ता गराएका हुन् ।
गत १४ साउनमा कांग्रेस संसदीय दत्तका नेतामा पराजित भएलगत्तै उनीमाथि पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको थियो ।
२०८१ साउनमा सपथ लिएर मुख्यमन्त्री भएका लामाले १ वर्षपछि आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण राजीनामा दिन बाध्य भएको बताए ।
संविधानअनुसार राजीनामा दिनुपर्ने कारण नभए पनि पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिन लागेको उनको भनाइ छ ।