काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, 'छलफल चलिरहेको छ । गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ ।'
स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माबीच द्वन्द्व चलिरहेको छ।