Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओली दुबईमा

प्रधानमन्त्री ओली दुबईमा

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्‍टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्रममा दुबई पुगेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः५५ बजे फ्लाइट दुबईको उडानबाट दुबई गएका हुन्।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077