Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी स्थायी समिति बैठक अन्तिम चरणमा, आज प्रचण्डले जवाफ दिने

माओवादी स्थायी समिति बैठक अन्तिम चरणमा, आज प्रचण्डले जवाफ दिने

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज अन्तिम चरणमा पुगेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरूले उठाएका प्रश्न र धारणा माथि जवाफ दिने भएका छन् ।

बैठकमा आज प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आफ्नो धारणा राख्ने माओवादीले जनाएको छ ।

शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका सबै नेताले धारणा राखिसकेका छन् । आजको सत्रपछि बैठक समापन गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077