Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रचण्डलाई राजनेता भन्दै गुरुङले गरे गुणगान

प्रचण्डलाई राजनेता भन्दै गुरुङले गरे गुणगान

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनेताका रूपमा अघि देखिएको बताएका छन् ।

राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको भनेर ब्याख्या पनि गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको आज अन्तिम दिन सम्बोधन गर्दै महासचिव गुरूङले यस्तो बताएका हुन् ।

उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए ।

गुरूङले राखेको धारणा उधृत गर्दै एक नेताले भने–‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन । अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’

उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077