Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रचण्ड राजनेता बनेकोमा महासचिव गुरूङ खुशी, भन्छन् - नेतृत्वबारे विवाद गर्नु गलत

प्रचण्ड राजनेता बनेकोमा महासचिव गुरूङ खुशी, भन्छन् - नेतृत्वबारे विवाद गर्नु गलत

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजनीतिक जिम्मेवारी र भूमिकाका कारण राजनेता बनेको भन्दै त्यसलाई सकारात्मक र खुशीको विषय भनेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको अन्तिम दिन सोमबार सम्बोधन गर्दै गुरूङले प्रचण्डको नेतृत्व अहिले पनि आवश्यक रहेको बताउँदै त्यसबारे अनावश्यक विवाद नगर्न आग्रह गरेका हुन् ।

“बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन। अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत हो,” बैठकमा गुरूङको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

आन्दोलनले नै नेता जन्माउने र तयार गर्ने भएकाले प्रचण्ड नै अहिलेको उपयुक्त नेता भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077