Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राप्रपा र रास्वपालाई घिमिरेको चेतावनी-झूटो प्रचार नगर्नु, प्रतिवादमा उत्रिन नपरोस्

राप्रपा र रास्वपालाई घिमिरेको चेतावनी-झूटो प्रचार नगर्नु, प्रतिवादमा उत्रिन नपरोस्

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपाले ७० दिनदेखि संसद अवरोध गरेको भन्दै आपत्ति जनाएका छन्।

रास्वपा र राप्रपाले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भइसकेको घिमिरेले बताए।

उनले भने-‘संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ?  के भन्न खोजेको ? ‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर आज जनतालाई भ्रमित पार्ने, कति दिनसम्म यो चल्ने हो ? र संसद गरिमालाई कमजोर गर्ने काम बन्द हुनुपर्छ।’

घिमिरेले अवरोध बन्द नगरे प्रतिवादमा उत्रिने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077