Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रविलाई ‘भगौडा’ को संज्ञा दिँदै एमाले सांसद शाहीले भने - सहकारी डुबाए, नयाँ पार्टी खोले

रविलाई ‘भगौडा’ को संज्ञा दिँदै एमाले सांसद शाहीले भने - सहकारी डुबाए, नयाँ पार्टी खोले

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद दयाल बहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले लामिछानेलाई ‘भगौडा’को संज्ञा दिँदै सहकारी डुबाएर नयाँ पार्टी खोलेको आरोप लगाएका हुन् ।

“सङ्कटकालमा देश छोडेर विदेश गएका भगौडाहरूले अहिले नयाँ पार्टी खोले, सहकारी डुबाए र तामझामसहित जीबी राईको पैसाले बर्खाका च्याउझैं उम्रिए,” शाहीले भने।

भिजिट भिसा प्रकरणका कारण रास्वपाले संसद् बहिष्कार गरिरहेको प्रसंगमा उनले यसलाई नौलो नमान्न आग्रह गरे। “अहिले जो संसद् बहिष्कारको आवाज छ, जसलाई निष्ठा हुँदैन, जसको मेहनत परेको हुँदैन, उसले संसदीय अभ्यासलाई बेवास्ता गर्नु नौलो होइन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077