Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गुटबन्दी अन्त्यको संकल्प गर्‍यौँ, अब विसङ्गतिकाविरुद्ध आन्दोलन गर्छौं : प्रचण्ड

गुटबन्दी अन्त्यको संकल्प गर्‍यौँ, अब विसङ्गतिकाविरुद्ध आन्दोलन गर्छौं : प्रचण्ड

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प भएको बताएका छन् ।

सोमबार स्थायी समितिको बैठक सम्पन्न भएपछि पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै दाहालले एकता र आन्दोलनको तयारीको घोषणा गरेका हुन् ।

“हामीले सामूहिक एकताको साथमा सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने सङ्कल्प गरेका छौँ। फेरि एकचोटि जनतामा जाने र देशमा देखा परेका विसङ्गतिका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ,” उनले भने ।

चार दिन चलेको बैठकमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायत नेताहरूले अध्यक्ष दाहालमाथि आलोचना गरेका थिए । सो विषयबारे प्रचण्डले सबै कुरा मिलिसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077