Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

४ वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न जनार्दन शर्मा तयार

४ वर्षपछि पार्टी माइन्युटमा हस्ताक्षर गर्न जनार्दन शर्मा तयार

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले चार वर्षको अवरोधपछि अब पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन् ।

आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार रहेका शर्माले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा सही गर्न अस्वीकार गर्दै आएका थिए ।

तर, गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी हस्ताक्षर गर्न सहमत भएका हुन् ।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, “उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ। छलफलपछि स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका कुरामा उहाँले महसुस गर्नुभयो ।”

बैठकमा गत साउन ६ गते शर्माले दिएको “मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेका छन्” भन्ने अभिव्यक्तिबारे पनि छलफल गर्दै जाने निर्णय भएको सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077