Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मेरो स्वभाव परिवर्तन हुनेछैन, कारागार पनि घरभन्दा फरक लागेन : दुर्गा प्रसाईं

मेरो स्वभाव परिवर्तन हुनेछैन, कारागार पनि घरभन्दा फरक लागेन : दुर्गा प्रसाईं

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई कारागार पनि घरभन्दा फरक नलागेको टिप्पणी गरेका छन् । उच्च अदालतले सोमबार धरौटीमा रिहा गर्न आदेश दिएपछि सामाजिक सञ्जालमा स्टाटस राख्दै यस्तो बताएका हुन् ।

“मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरूमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु,” उनले लेखेका छन् ।

उनले तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने बताएका छन् । “म मेरो लागि हैन देशकै लागि थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागि मन वचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन,” उनले भनेका छन् ।

उनी बैंकिङ कसुरसम्बन्धी दुई मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077