Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाद्धारा सचिवालय बैठक आह्वान , यस्ता छन् एजेन्डा

रास्वपाद्धारा सचिवालय बैठक आह्वान , यस्ता छन् एजेन्डा

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ ।

मंगलबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक आह्वान गरेको हो ।

विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिन अभियान चलाउने र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए।

यस्तै, समसामयिक राजनैतिक एवं पार्टी गतिविधि, रुपन्देहीमा हुन लागेको उपनिर्वाचनको तयारी, सुदुरपश्चिम प्रदेशमा देखिएको पार्टीभित्रको समस्या, भिजिट भिसा प्रकरण छानविन समितिको म्याद थप, केन्द्रीय समिति बैठक, विभाग प्रमुखहरुको नियुक्ति, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था लगायतका विषय पनि छलफलका एजेन्डा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077