Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२५ करोड बजेट भएको अस्पतालमा साँढे ३ अर्ब छुट्याउन बिचौलिया सक्रिय

२५ करोड बजेट भएको अस्पतालमा साँढे ३ अर्ब छुट्याउन बिचौलिया सक्रिय

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । उच्च अदालत पाटनले केही महिनाअघि अनौठो फैसला गरेको छ । स्रोतको सुनिश्चितता नहुँदै टेण्डर गरी बोलपत्र सूचना निकाल्ने, प्राविधिक र आर्थिक प्रस्ताव खोलेर सेटिङमा ठेक्का दिने प्रक्रिया अगाडि बढाएपछि अर्थमन्त्रालयले रद्द गरेको शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालको भवन निर्माण गर्न बजेट छुट्याउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

जुन फैसलापछि देशको आवश्यकताका आधारमा भन्दा पनि अब निर्माण ब्यवसायीहरुको चाहनाबमोजिम सरकारले बजेट छुट्याउनुपर्ने अवस्था सृजना भएको छ ।

प्रसंग हो, शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालको भवन निर्माणको । सघन सहरी तथा भवन निर्माण आयोजनाले अस्पताल निर्माणका लागि १ भदौ २०८० मा बोलपत्र सूचना निकाल्यो । तर अर्थमन्त्रालयबाट स्रोतको सुनिश्चितता नभई टेण्डर गरेको उक्त अस्पताल निर्माणको बोलपत्र रद्द भएको थियो ।

सुरुदेखि सेटिङ गरी ठेक्का हत्याउने योजनामा लागेको कोन्टेक प्रालि उच्च अदालत पाटनमा रिट दर्ता गर्न पुगेको थियो । कोन्टेककै मागबमोजिम अदालतले हालसालै सहरी विकास तथा भवन निर्माण कार्यालय काठमाडौंलाई ‘बजेट ब्यवस्था गरी ठेक्का प्रक्रिया अगाडि बढाउनू’ भन्ने आदेश दिएको छ । जसको पूर्णपाठ हालसालै आएको छ ।

अर्थात् ठेकेदारको माग अनुसार अस्पतालको भवन निर्माणका लागि सरकारले बजेट छुट्याउन अदालतले आदेश दिएको छ । उच्च अदालतको यो फैसलाले ठेकेदार र बिचौलियाले मन्त्री, सचिव र आयोजना प्रमुखसँग मिलेर स्रोतको सुनिश्चितता नभए पनि टेण्डर निकाल्ने र रद्द भएमा अदालतमा मुद्दा हालेर सरकारका नाममा बजेट ब्यवस्था गर्ने आदेश गराउने होड नै चल्ने भएको छ ।

[insert page='280575' display='yopanipadhnuhos.php']

सरकारले चालु आर्थिक बर्षमा बजेटमा शुक्रराज अस्पतालका लागि २५ करोड बजेट छ्ट्याएको छ । उक्त अस्पताल निर्माणको लागत स्टीमेट २०८० भदौ १ मा नै ३ अर्ब ३३ करोड रुपैयाँ निकालेर बोलपत्र गरिएको थियो । करिब २ बर्षअघि नै ३ अर्ब ३३ करोडको लागत निकालिएको उक्त अस्पताल निर्माणको लागत अहिले स्वतः बढी हुन्छ ।

स्रोतको सुनिश्चितता नै नभई बोलपत्र सूचना निकाल्ने, प्राविधिक मूल्यांकन गर्ने र आर्थिक प्रस्ताव खोल्ने सहरी विकास मन्त्रालयका अधिकारीदेखि सबैमाथि कारबाही गर्न आदेश दिनुपर्नेमा ठेकेदार कम्पनी कोन्टेकका संचालक प्रमोद अधिकारी र बिचौलिया बिजय मानन्धरको माग अनुसार आदेश आएपछि अर्थमन्त्रालयका अधिकारीहरुसमेत चकित परेका छन् ।

बिचौलिया मानन्धर र कोन्टेकका संचालक अधिकारी, तत्कालीन सहरी विकास मन्त्री र मातहतको भवन बिभागका केही उच्च अधिकारीको सेटिङमा अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितता नै नगरी अस्पतालको भवन निर्माणका लागि १ भदौ २०८० मा बोलपत्र सूचना निकालेको थियो ।

स्रोत सुनिश्चितता नै नगरी मानन्धर र अधिकारीलाई नै दिनेगरी सेटिङमा टेण्डर गरिएको अस्पताल निर्माणको बजेट अर्थमन्त्रालयले दिन नसक्ने भएपछि २०८० चैतमा टेण्डर नै रद्द भयो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल, सहरी विकास मन्त्री सीता गुरुङ र सहरी विकास तथा भवन बिभागका महानिर्देशक सुरेन्द्रकुमार श्रेष्ठसँग सेटिङ गरी स्रोतको सुनिश्चितता नै नभएको अवस्थामा जबर्जस्ती टेण्डर गरी ठेक्का लिने चलखेलमा संलग्न बिजय मानन्धर र प्रमोद अधिकारीले कोन्टेक प्रालिलाई ठेक्का दिनेगरी सेटिङ गरेका थिए ।

ठेक्का हत्याउन कोन्टेक प्रालिका संचालकद्वय प्रमोद अधिकारी र सुदिप घिमिरे तथा बिचौलिया बिजय मानन्धरले तत्कालीन सहरी विकास मन्त्रीदेखि भवन बिभागका डीजीसम्मलाई अग्रिम भेटी बुझाइसकेकोले बजेट नै ब्यवस्था नभए पनि आर्थिक प्रस्ताव खोल्न दबाब दिएका थिए ।

कोन्टेकको पक्षमा अदालतले आदेश दिएपछि अब स्रोतको सुनिश्चितता नै नगरी टेण्डर निकाल्ने, अर्थमन्त्रालयले बजेट नदिए अदालतमा मुद्दा हाल्ने क्रम बढ्ने देखिएको छ ।

सेटिङमा ठेक्का लिने र २५ प्रतिशत मार्जिन राखेर त्यस्ता ठेक्का बिक्री गर्दैआएका बिजय मानन्धरले डा. प्रकाशशरण महत अर्थमन्त्री भएको समयमा उनकी पत्नी विनामार्फत् स्रोत सुनिश्चित गर्नेगरी कन्ट्याक्ट प्रालिलाई उक्त अस्पतालको ठेक्का दिने सेटिङ गराएका थिए ।

तर, पछि सरुवा रोग अस्पतालको बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता नगर्ने निर्णय अर्थ मन्त्रालयले गरेपछि रद्द भएको थियो । उक्त ठेक्का सेटिङ बिजय मानन्धरले नै गरेका थिए ।

स्रोतका अनुसार कोन्टेक प्रालिका प्रमोद अधिकारी देखाउने पात्र हुन्, ठेक्का सेटिङको काम सबै बिजय मानन्धरले गर्दैआएका छन् ।

कोन्टेकले लिएका प्रायः सबै ठेक्का अलपत्र छन् । ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीका रुपमा कोन्टेक बदनाम छ ।

शुक्रराजको ठेक्का हत्याउन कोन्टेकले राष्ट्र बैंक र छायाँ सेन्टर बनाएको सर्टिफिकेट पेश गरेको छ ।

जबकी विवादित छायाँ सेन्टरमा कोन्टेककै सेयर छ । छायाँ सेन्टर बनाएपछि कोन्टेकले आफैले आफैलाई निर्माण सम्पन्न गराएको सर्टिफिकेट दिलायो ।

त्यहि सर्टिफिकेट देखाएर नेपाल राष्ट्र बैंकको भवन बनाएको कोन्टेकले अहिले छायाँ सेन्टर र राष्ट्र बैंकको काम गरेको सर्टिफिकेट देखाएर शुक्रराजको ठेक्का हत्याउन खोजेको छ ।

कोन्टेक र ऊसँग जेभीमा ठेक्का लिएका र तोकिएको समयमा काम सम्पन्न नगरी अलपत्र छाडिएका आयोजनाहरु यसप्रकार छन् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077