काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई जवाफ फर्काएका छन्।
हिजो सदनमा घिमिरेले संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने , भिजिट भिसा भनेको मानव तस्करी हो, भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ? भन्दै प्रश्न गरेका थिए ।
‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदको गरिमालाई कमजोर गर्ने काम बन्द गर्नुपर्ने अन्यथा प्रतिवादमा उत्रिने भन्दै घिमिरेले चेतावनी दिएका थिए।
त्यसैको जवाफ फर्काउँदै सिंहले सदनसँगै आफूहरुले सेवा सुविधा पनि बहिस्कार गरिरहेको बताए ।
सिंहले भिजिट भिसा प्रकरणमा दैनिक असुली धन्दा गरेर युवाहरूलाई विदेश पठाउने, बिचल्ली पर्दा पनि कुनै वास्ता नर्गनको लागि गणतन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरे।
सिंहले देशमा रोजगारी दिन नसक्ने र बाहिर जानेहरूबाट असुली धन्दा गर्नेमाथि कारबाही गर्न छानबिन समितिलाई माग समेत गरे ।