Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

श्रीलंकाका प्रहरी प्रमुख हटाउन पहिलोपटक संसद्‌मा महाभियोग बहस

श्रीलंकाका प्रहरी प्रमुख हटाउन पहिलोपटक संसद्‌मा महाभियोग बहस

मंगलवार , श्रावण २०, २०८२

एजेन्सी । श्रीलंकाको संसदले देशका इतिहासमै पहिलोपटक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकोनविरुद्ध महाभियोग प्रस्तावमाथि मंगलबार बहस सुरु गरेको छ । उनीमाथि आपराधिक संलग्नता, शक्ति दुरुपयोग र गम्भीर दुव्र्यवहारको आरोप लागेको छ ।

५४ वर्षीय तेन्नाकोन मुलुकको इतिहासमा महाभियोग सामना गर्ने पहिलो प्रहरी प्रमुख हुन्, र अनुशासनात्मक सुनुवाइमा ‘८५ हजार जनाको बलको नेतृत्व गर्न अयोग्य’ ठहरिएकाले अब बर्खास्तीको अन्तिम चरणमा पुगेका छन्।

संसदको मंगलबारको कार्यसूचीमा राखिएको प्रस्तावमा भनिएको छ, “प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकोनलाई छानबिन समितिले दोषी ठहर गरेको निष्कर्षका आधारमा पदबाट हटाउने निर्णय गर्छ।”

श्रीलंकाको २२५ सदस्यीय संसदमा सत्तारूढ दलसँग दुई–तिहाइ बहुमत छ, र विपक्षी दलहरूले पनि प्रस्तावलाई समर्थन जनाएका छन्। संसदमा बहसपछि मंगलबार राति वा बुधबार मतदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077