काठमाडौं। प्रतिनिधिसभामा नेपाली कांग्रेसका दुई सांसदको समिति हेरफेर भएको छ ।
प्रतिनिधिसभाको मंगलबार आजको बैठकमा सभामुख देवराज घिमिरेले पेस गरेको समिति हेरफेरको प्रस्ताव संसद्बाट सर्वसम्मत स्वीकृत गरेको हो । नागिना यादव र संगिता मण्डल धानुकको समिति परिवर्तन गरिएको हो ।
नागिना यादवलाई कानुन न्याय तथा मानव अधिकार समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ भने संगिता मण्डल धानुकलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट कानुन न्याय तथा मानव अधिकार समितिमा ल्याइएको छ ।