हेटौंडा । बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ ।
नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएर प्रदेशको छैठौँ मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालेका छन् ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएर बानियाँले नेतृत्व हात पारेका हुन् ।
करिब साढे दुई वर्षअघि २०७९ पुस १३ गते संसदीय दलको चुनावमा लामासँग पराजित भएका बानियाँले यो बीचमा दलको नेतृत्व पुनः प्राप्त गर्दै मुख्यमन्त्रीको कुर्सीमा उक्लन सफल भएका हुन् ।
बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित कुल ६४ प्रदेशसभा सदस्यको समर्थन प्राप्त छ ।