Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भूपरिवेष्टित मुलुकका लागि 'कनेक्टिभिटी' नै न्याय हो : प्रधानमन्त्री ओली

भूपरिवेष्टित मुलुकका लागि 'कनेक्टिभिटी' नै न्याय हो : प्रधानमन्त्री ओली

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि 'कनेक्टिभिटी' नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।

“तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ–सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो,” ओलीले भने, “यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इन्जिन बनाऔँ भन्ने आह्वान हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077