Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ? [सूचीसहित]

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ? [सूचीसहित]

मंगलवार , श्रावण २०, २०८२

हेटौंडा । बागमती प्रदेशले नयाँ नेतृत्व पाएसँगै मन्त्रिपरिषद् समेत गठन भएको छ ।

मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई प्रदेशको छैठौँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएसँगै, मन्त्रिपरिषद् विस्तारको प्रक्रिया पनि अघि बढाइएको हो ।

संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ ।

नवगठित मन्त्रिपरिषद्का सबै मन्त्रीलाई पनि प्रदेश प्रमुख सापकोटाले नै पद तथा गोपनीयताको शपथ गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077