काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार धूलो र हिलोरहित सडक र्निमाण गर्न लागि परेको बताएका छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले सडक पूर्वाधार कनेक्टिभिटीको पहिलो आवश्यकता भएको भन्दै यसलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
अर्थ मन्त्री पौडेलले सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउन लागि बजेट छुट्याइसकेको समेत जानकारी दिए ।
सरकार अहिले यसको डिजाइन गर्ने तयारीमा रहेकोले तीन वर्षमा आधुनिक प्रदर्शनीस्थल निर्माण भइसक्ने उनको भनाइ छ ।