Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सांसद कार्कीको प्रश्न : दैनिक हजारदेखि लाखौ बुझ्न गृहमन्त्रीको मुटु काँप्दैन ?

सांसद कार्कीको प्रश्न : दैनिक हजारदेखि लाखौ बुझ्न गृहमन्त्रीको मुटु काँप्दैन ?

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी हुन्।

सांसद कार्कीले भनिन्-‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो रु के हो यो ? भिजिट भिसाको विरोधी हामीहरू होइनौँ। तर भिजिट भिसाको नाममा मान्छेहरूलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ, हामीले भिजिट भिसा हुनु हुँदैन भनेर विरोध गरेका छैनौं।

आज हजारौँ दिदीबहिनीहहरू वैदेशिक रोजगारमा गएर बालत्कृत भएका छन्। हाम्रा दाजुभाइहरु बाकसमा फर्किएका छन्। दिनको ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्‍यौ-गर्‍यौ, भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर नबेच।’

कार्कीले भिजिट भिसा दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न समेत माग गरिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077