Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन - विकास आयोजनाहरु समयमै सक्नू

कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन - विकास आयोजनाहरु समयमै सक्नू

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका कार्यहरू जनचाहनाअनुसार समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार शहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार तथा विकास विभागद्वारा आयोजित आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले सो कुरामा जोड दिएका हुन् । उनले विभागलाई “विकासप्रतिको जनअपेक्षा पुरा गर्न ढिला नगर्न” स्पष्ट निर्देशन दिए ।

“विकास र पूर्वाधारसँग जोडिएका काम समयमा सकियोस् भन्ने जनताको चाहना छ,” सिंहले भने, “त्यसअनुसार काम गर्नुहोस्। मन्त्रालयबाट जे गर्नुपर्छ, हामी तयार छौं।”

गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशतमा सीमित रहेकामा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान गरी सुधार गर्ने र आगामी वर्षमा उल्लेखनीय प्रगति हासिल गर्नेतर्फ विभागलाई सचेत गराए ।

सिंहले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै चालू आर्थिक वर्षका योजनाहरू समयमै सुरु गर्ने र तोकिएको मापदण्डमा सम्पन्न गर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077