काठमाडौं । गायिका एलिना चौहान आफ्ना कन्टेन्टमार्फत सामाजिक संजालमा चर्चामा छिन् ।
विहिबार दुर्गा भगवतीको अवतारमा सामाजिक संजालमा सार्वजनिक उनको फोटो चर्चामा छ । उक्त फोटोले नजिकिँदै गरेका चाडपर्व दशैं र तीज भाइब्सलाई झल्काउने गर्छ ।
जिब्रो बाहिर निकालेर त्रिशुल समातेकी एलिना दुर्गा अवतारमा देखिएकी छन् ।
उनले सामाजिक संजालमा पोस्ट गरेको आँखामा करुणाभाव, हातमा शक्ति, त्यो नै मा दुर्गा हुन् ।’ क्याप्सनमार्फत आफू समस्यासँग विचलित नभई अघि बढ्न खोजेको भावमा भन्ने खोजेको बुझिन्छ ।
यस्तै उनले अर्को फोटो पनि पोस्ट गरेकी छन् । जहाँ लेखिएको छ, ‘ नारी कोमल छन्, तर कमजोर होइनन् । शक्तिको प्रतीक हुन् । सहनशीलताको उदाहरण हुन् र परिवर्तनको स्रोत हुन् ।’
एलिनाको यो पोस्टमा फ्यानहरुले टिप्पणी गरिरहेका छन् ।