Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिड्नीमा 'हिपहप सुपरस्टार' अन्सारीले झुमाए दर्शक !

सिड्नीमा 'हिपहप सुपरस्टार' अन्सारीले झुमाए दर्शक !

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाली हिपहप सुपरस्टार नवाज अन्सारीले आफ्नो ‘साम्राज्य टुर सिड्नी’ कार्यक्रम अन्तर्गत सिड्नीमा नेपाली दर्शकलाई झुमाएका छन् ।

यही ५ अगस्टमा युएनएसडब्लुको राउण्डहाउसमा आयोजना भएको कार्यक्रममा करिब दुई हजार दर्शकहरूको ऐतिहासिक उपस्थितिमा सम्पन्न भएको हो ।

यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको रूपमा चिनिएको छ । पूर्ण रूपमा हिपहप थिममा आधारित यस भव्य शोले सिड्नीमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

नवाज अन्सारीको दमदार र्‍याप, जोशिलो स्टेज उपस्थिति र प्रभावशाली प्रस्तुतीले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो भने सिड्नीका उत्कृष्ट स्थानीय कलाकार र डान्स क्रूहरूले कार्यक्रममा थप रौनक थपे ।

कार्यक्रमको प्रमुख आयोजन Moksh Events and Entertainment ले गरेको थियो, जसका प्रबन्ध निर्देशक प्रणय ओझाले उत्कृष्ट व्यवस्थापन गर्दै शोलाई उच्चतम स्तरमा पुर्‍याए ।

साथै, Kaal Bhairav Events का निर्देशक बिबेक बस्नेत र मनोज जीसीले पनि कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले। टिकटिङ, ब्रान्डिङ र मिडिया संयोजनमा Moksh Events को समन्वयले सबै पक्षलाई सफल बनाएको हो ।

यो टुरको समग्र व्यवस्थापन Vishika Films द्वारा गरिएको थियो, जसका निर्देशकहरू सुदिन केसी, प्रज्ञान श्रेष्ठ र गोविन्द भण्डारी थिए । टुर अन्तर्गत मेलबर्न, ब्रिसबेन र सिड्नीमा सम्पन्न भएका कार्यक्रमहरू सबै उच्च व्यावसायिक र भव्य रूपमा सम्पन्न भए ।

मेलबर्न कार्यक्रमको आयोजना Bajra Events का प्रबन्ध निर्देशक बिबेक जंग खत्रीले गरे भने ब्रिसबेन कार्यक्रम Sarkar Entertainment द्वारा सतीश गुरुङ र सरोजको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्पूर्ण स्टेज प्रोडक्सन, लाइट र साउन्ड व्यवस्थापन त्जभ द्यष्तचबतभक ले आधुनिक प्रविधिको प्रयोग गरी सम्भव बनाएको थियो । ‘साम्राज्य टुर अष्ट्रेलिया’ ले नेपाली हिपहप संगीतलाई प्रवासमा नयाँ उचाइमा पुर्‍याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077