Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएल अक्सन : आदिल आलम तानातान, अन्ततः काठमाडौंको पोल्टामा

एनपीएल अक्सन : आदिल आलम तानातान, अन्ततः काठमाडौंको पोल्टामा

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका आक्रमक ब्याटर मोहम्मद आदिल आलम काठमाडौं गोर्खाजमा आबद्ध भएका छन् ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा क्याटगोरी ‘ए’ खेलाडी आदिल आलमलाई ८ टिमले अधिकतम मूल्य १५ लाख बोली लगाएका थिए ।

उनी लक्की ड्र मार्फत काठमाडौंमा पुगेका हुन् । हालै मात्रै आइसीसीको निलम्बनबाट फुकुवा भएर पहिलो सिजनको एनपीएल खेल्न लागेका हुन् ।

८ वटै टिमले बोली लगाउने आदिल पहिलो खेलाडी बनेका छन् । एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077