काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि युवा लेगस्पिनर युवराज खत्री कर्णाली याक्समा अनुबन्ध भएका छन् ।
शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘बी’ क्याटागोरीका युवराजलाई लुम्बिनी लायन्स, चितवन राइनोज, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सले अधिकतम १० लाख रुपैयाँ बोली लगाएका थिए ।
लक्की ‘ड्र’मा कर्णाली ‘भाग्यशाली’ बनेको हो ।
एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।