Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनपीएल दोस्रो सिजनको अक्सनमा २६ खेलाडी बिक्री, कसको मूल्य कति ?

एनपीएल दोस्रो सिजनको अक्सनमा २६ खेलाडी बिक्री, कसको मूल्य कति ?

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको नियमित अक्सनमार्फत २६ खेलाडी बिक्री भएका छन् ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा गरिएको अक्सनबाट २६ खेलाडी बिक्री भएका हुन् ।

अब बाँकी १३८ खेलाडीमध्ये २० जनाको छोटो सूचीमा परेकामध्येबाट १२ जना खेलाडी टिमहरूले छनोट गर्नेछन् ।

अक्सनपछि काठमाडौं गोर्खाजले आफ्नो पाँच खेलाडीको कोटा पूरा गरेको छ भने अन्य टिमहरूले अझै २० जनाको सूचीबाट आवश्यक खेलाडी छान्ने प्रक्रिया अघि बढाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि सुरुमा १५० खेलाडीको नाम सार्वजनिक गरेको थियो। शनिबार थप १४ खेलाडीको नाम समावेश गर्दै सूची १६४ पुगेको हो।

कुन खेलाडी कुन टिममा (मूल्यसहित) 
देव खनाल–चितवन (१५ लाख)
अर्जुन साउद–चितवन (१५ लाख)
पवन सर्राफ–कर्णाली (१५ लाख)
मोहमद आदिल आलम–काठमाण्डू (१५ लाख)
दिलीप नाथ–लुम्बिनी (१० लाख)
शेर मल्ल– लुम्बिनी (१० लाख)
हेमन्त धामी– सूदुरपश्चिम ( १० लाख)
सूर्य तामाङ –विराटनगर (१० लाख)
सन्तोष यादव–काठमाण्डू (१० लाख)
युवराज खत्री– कर्णाली (१० लाख)
मयन यादव – जनकपुर (७ लाख ५० हजार)
आकाश त्रिपाठी–काठमाण्डू (७ लाख)
नारायण जोशी–विराटनगर (५ लाख)
साहिल पटेल – विराटनगर (५ लाख)
अर्जुन कुमाल –पोखरा (५ लाख)
विशाल पटेल–लुम्बिनी (५ लाख)
आदित्य महता–जनकपुर (५ लाख)
उत्तम थापा मगर–काठमाण्डू (३ लाख)
टेकबहादुर रावत–सुदूरपश्चिम (२ लाख)
अभिषेख तिवारी– पोखरा (२ लाख)
सचिन भट्ट–जनकपुर (२ लाख)
दीपेन्द्र थापा–सुदूरपश्चिम (२ लाख)
तुलबहादुर थापा–काठमाण्डू (२ लाख)
कृष्ण पौडेल–पोखरा (२ लाख)
इमरान शेख–कर्णाली (२ लाख)
दीपक डुम्रे–कर्णाली (२ लाख)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077