Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कपमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

एसियन कपमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । एएफसी महिला २० वर्षमुनिको एसियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ ।

खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

एसियन कपमा पुग्न आज नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । अस्ति शुक्रवार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो ।

योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अङ्क पुर्‍याएको छ । नेपालको दुई खेलमा चार अङ्क छ । यो खेलले समूह ‘ए’ बाट एसियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077