Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपिएल-२ अक्सन : खेलाडीका लागि कुन टिमले कति खर्चिए ?

एनपिएल-२ अक्सन : खेलाडीका लागि कुन टिमले कति खर्चिए ?

आइतवार , श्रावण २५, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि शनिवार मिनि अक्सनमा पोखरा एभेन्जर्स सबैभन्दा बढी रकम बचत गर्ने टोली बनेको छ ।

पोखराले अक्सन पछि सर्वाधिक २५ लाख ५० हजार रुपैयाँ रकम बचत गरेको छ । एनपिएलका लागि हरेक टोलीले खर्च लागि ९० लाख रुपैयाँ रकम तोकिएको थियो । ९० लाख रुपैयाँबाट टोलीले रिटेन गरेका खेलाडीको मुल्य घटाएर दोस्रो संस्करणका लागि खर्च रकम पाएका थिए ।

यो अक्शनमा सर्वाधिक खर्च गर्ने टिमका रुपमा चितवन राइनोज रहँदा सर्भादिक कम खर्चिलो टिम पोखरा बन्यो।

अक्सनपछि अब विदेशी खेलाडीको मात्र टुंगो लाग्न बाँकी छ।

काठमाण्डु गुर्खाज (३७ लाख)

अक्सनमा सबैभन्दा कम रकम बचत गर्ने टोलीमा काठमाडौं गोर्खाज रह्यो ।

काठमाडौंले अक्सनबाट ५ खेलाडी किन्नलाई ३७ लाख खर्च गर्यो । रिटेन खेलाडीमा भएको खर्च घटाएर काठमाडौंले अक्सनमा ४३ लाख खर्च गर्न पाएको थियो ।

काठमाडौंले श्रेणी ‘ए’ बाट मोहम्मद आदिल आलमलाई चिठ्ठा मार्फत पाएको थियो । आदिलका लागि अक्सनमा सहभागी आठै टोलीले अधिकतम मुल्य खर्च गर्न तयार रहँदा काठमाडौंले बाजी मारेको थियो ।

काठमाडौंले श्रेणी ‘बी’ बाट सन्तोष यादव तथा आकाश त्रिपाटी तथा श्रेणी ‘सि’ बाट तुलबहादुर थापा र उत्तम थापा मगरलाई टोलीमा भित्र्याएको थियो ।

चितवन राइनोज (३९ लाख )

अक्सनमा सर्वाधिक धेरै रकम खर्च गर्नेमा चितवन राइनोज रहन पुग्यो ।

चितवनले अक्सनमा ५ खेलाडी टोलीमा भित्र्याउदा ३९ लाख रकम खर्च गर्यो । चितवनले रिटेन गरिएका खेलाडीको खर्च घटाएर कुल ५८ लाख खर्चका लागि पाएको थियो ।

चितवनले अक्सनमार्फत श्रेणी ‘ए’ का देव खनाल तथा अर्जुन कुमाललाई टोलीमा आबद्ध गर्यो । उसले श्रेणी ‘बी’ बाट विपिन रावल तथा श्रेणी ‘सि’ बाट विपिन आचार्य तथा रञ्जित कुमारलाई टिममा अनुबन्ध गर्यो ।

पोखरा एभेन्जर्स (११ लाख )
पोखराले अक्सनबाट श्रेणी ‘ए’ बाट कुनै खेलाडी किन्न सकेन ।

श्रेणी ‘बी’ बाट अर्जुन कुमाललाई किनेको थियो । पोखराले श्रेणी ‘सी’ बाट अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्रीलाई टोलीमा अनुबन्ध गर्यो ।अक्सनमा सबैभन्दा कम रकम खर्च गर्ने टोलीमा पोखरा रह्यो । पोखराले ११ लाख मात्र खर्च गर्यो ।

विराटनगर किङ्स (२७ लाख )
अक्सनमा विराटनगर किंग्सले २७ लाख खर्च गरेर ५ खेलाडी भित्र्यायो ।

विराटनगरले श्रेणी ‘ए’ बाट स्पिनर सूर्य तामाङलाई तथा श्रेणी ‘बी’ बाट शंकर राना, साहिल पटेल, नारायण जोशीलाई अनुबन्ध गर्यो । विराटनगरले श्रेणी ‘सी’ बाट श्रवण किस्कुलाई भित्र्यायो ।

रिटेन खेलाडीलाई खर्च गरेर अक्सनका लागि विराटनगरले ४५.५ लाख रकम पाएको थियो । अक्सन पछि विराटनगरले १८.५० लाख बाँकी छ ।

लुम्बिनी लायन्स (३२ लाख )

लुम्बिनी लायन्सले अक्सनका लागि पाएको ४५.२५ लाख खर्चमा ३२ लाखमा ५ खेलाडी अनुबन्ध गर्‍यो ।

लुम्बिनीले श्रेणी ‘ए’ मा रहेका दिलीप नाथ तथा श्रेणी ‘बी’ बाट शेर मल्ल र दुर्गेश गुप्ता अनुबन्ध भए । लुम्बिनीले श्रेणी ‘सी’ बाट विशाल पटेल तथा आदिल खानलाई टोलीमा भित्र्यायो । लुम्बिनीसँग अक्सन पछि १३.२५ लाख बाँकी रहेको छ ।

जनकपुर बोल्ट्स (१९ लाख ७५ हजार)

साबिक विजेता जनकपुर बोल्ट्सले अक्सनका लागि उपलब्ध ३३ लाख रकममा १९.७५ लाख खर्च गर्यो ।

जनकपुरले श्रेणी ‘ए’ बाट कुनै पनि खेलाडी खरिद गरेन । उसले श्रेणी ‘बी’ बाट मयन यादव र विकास आग्री तथा श्रेणी ‘सी’ बाट सचिन भट्ट र आदित्य महतालाई भित्र्यायो ।

कर्णाली याक्स (२९ लाख)

कर्णाली याक्सले अक्सनका लागि उपलब्ध ४३ लाख खर्चमा २९ लाख रकम मात्र खर्च गर्यो ।

कर्णालीले श्रेणी ‘ए’ मा रहेका पवन सर्राफलाई टिममा अनुबन्ध गर्यो । कर्णालीले श्रेणी ‘बी’ बाट युवराज खत्री तथा श्रेणी ‘सी’ बाट इमरान शेख तथा दीपक डुम्रेलाई अनुबन्ध गर्‍यो ।

सुदूरपश्चिम रोयल्स (२४ लाख)
साबिक उपवजितेता सुदूरपश्चिम रोयल्सले अक्सनका लागि उपलब्ध ४१.५ लाख रकममा ५ खेलाडी अनुबन्ध गर्दै २४ लाख खर्च गर्यो ।

सुदूरपश्चिमले श्रेणी ‘ए’ बाट कुनै खेलाडी नभित्र्याउदा श्रेणी ‘बि’ बाट हेमन्त धामी, दिपक बोहोरा र मिलन बोहोराले मौका पाए । भने, श्रेणी ‘सी’ बाट दिपेन्द्र थापा र टेकबहादुर रावतलाई अनुबन्ध गरे ।

शनिवार सम्पन्न अक्सनमा सहभागी ८ टोलीले ३७ खेलाडी खरिद गर्दा २ करोड १८.७५ लाख खर्च गरे । अक्सनमार्फत श्रेणी ‘ए’ का ६, श्रेणी ‘बी’ का १५ तथा श्रेणी ‘सी’ बाट १६ खेलाडी बोलकबोलमा सहभागी भए ।

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077