काठमाडौं । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।
त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सिरिजमा भाग लिने टोलीमा साहब आलम समावेश भएका छन् । मातृशोक परेका कारण स्पिनर ललित राजवंशी रोकिएका छन् ।