Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा बुढा

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा बुढा

सोमवार , श्रावण २६, २०८२

काठमाडौं ।  एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल)को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त भएका छन् ।

खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।

यसअघि पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए ।

बुढाले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् ।

बुढाको प्रशिक्षण अनुभवले काठमाडौंले राम्रो नतिजा निकाल्ने टोलीले विश्वास लिएको छ । बुढाले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।

बुढाले भने- 'एभरेष्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु। राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ ।’

नेपाली राष्ट्रिय महिला टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौँमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

यसअघि अक्सनबाट कविता भट्टलाई अनुबन्ध गरेपनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरी चन्दलाई राखिएको काठमाडौंले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077