Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारले रवीन्द्र ढाँटलाई पाँच लाख दिने, प्रशिक्षकलाई दुई लाख !

सरकारले रवीन्द्र ढाँटलाई पाँच लाख दिने, प्रशिक्षकलाई दुई लाख !

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । सरकारले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार उनका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ दिइने भएको हो ।

'रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, उहाँका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,' प्रधानमन्त्री ओलीले फेसबुकमार्फ जानकारी दिए ।

यसअघि, मंगलबार काठमाडौं महानगरले ढाँटलाई दुईलाख नगदसहित सम्मान गरेको थियो ।

गत साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077