Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५३ रनले हरायो

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५३ रनले हरायो

बुधवार , श्रावण २८, २०८२

एजेन्सी । दक्षिण अफ्रिकाले दोस्रो टी–२० क्रिकेटमा अष्ट्रेलियालाई ५३ रनले हराएको छ ।

जीतका लागि २१९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटियो ।

योसँगै अष्ट्रेलियाको टी–२० अन्तराष्ट्रिय खेलमा ९ खेलको जीतको शृङ्खला पनि तोडिएको छ ।

डार्विनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।

तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेल अष्ट्रेलियाले १७ रनले जितेको थियो । यी दुई देशबीचको तेस्रो तथा अन्तिम निर्णायक खेल शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077