Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तीजको पूर्वसन्ध्यामा चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक (भिडिओ)

तीजको पूर्वसन्ध्यामा चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक (भिडिओ)

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । पछिल्लो केही वर्ष यता चर्चित गायिका विष्णु माझीको गीत नआएसम्म तीन नै नआउने जस्तै भइसकेको छ । माझीको नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) गीत सार्वजनिक भएसँग महिलाहरु नै तीजको रौनक शुरु भएको बताउन थालेका छन् ।

सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन्।

गीतको भिडिओमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ।

यस गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन्। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ।

यो गीतमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन्।

गत वर्ष माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत निकै चर्चित भएको थियो। यस पटक तीजलाई लक्षित गरेर सार्वजनि गरिएको माझीको गीतमा पनि मोडल ललिता पौडेलले नै अभिनय गरेकी छन्।

तीन घण्टा अघि ‘सपना म्यूजिक इन्ड्रस्टिज’ नामक यूट्युव च्यानलबाट प्रशारण गरिएको उक्त गीतमा २८ हजार लाइक आएको छ भने झण्डै ५७ हजारले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077