काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप एन्ड टी–२० शृंखलापछि थप तीन अभ्यास खेल खेल्ने भएको छ ।
आईसीसी टी-२० विश्वकप छनोटका लागि तयारीस्वरूप नेपालले थप तीन अभ्यास खेल खेल्ने भएको हो ।
नेपालल अगस्ट २६ मा क्रिकेट एसीटीसँग पहिलो, अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दोस्रो र अगस्ट ३० मा पुनः साउथ अस्ट्रेलियासँग खेल्ने छ। त्यसअघि, नेपालले टप एन्ड टी–२० शृंखलामा प्रतिस्पर्धा गर्नेछ ।
नेपालले यस प्रतियोगितामा भोलि (शुक्रबार) नर्दन टेरिटोरीसँग खेल्दैछ ।
त्यसपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, अगस्ट १९ मा होबर्ट हुरिकेन्ससँग, अगस्ट २० मा मेलबर्न रेनेगार्ड्ससँग र अगस्ट २२ मा पाकिस्तान ‘ए’सँग खेल्ने तालिका छ ।