Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनटीएसले नपाललाई दियो १७८ रनको लक्ष्य

एनटीएसले नपाललाई दियो १७८ रनको लक्ष्य

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा एनटीएसले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।

डार्विनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

डार्सी शर्टले ५१ रनको अर्धशतकीय योगदान दिए भने टम एन्ड्रिज ३२ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । साहब आलमले २ विकेट हात पार्दा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १–१ विकेट लिए ।

नेपालले जितका लागि १७८ रनको लक्ष्य पछ्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077