काठमाडौं । नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
अस्ट्रेलियाको डार्बिनमा जारी टप इन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको हो।
नेपाल आफ्नो पहिलो खेलमा हिजो आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।
त्यस्तै आफ्नो पहिलो खेलमा बङ्गलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् ।