एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ । शनिबार भएको खेलमा भीएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्नले उपाधि हात पारेको हो ।
बायर्नलाई उपाधि दिलाउन ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजले एक-एक गोल गरे ।
इन्ज्युरी समयमा स्टुटगार्टका जेमी लेवेलिङले सान्तवना गोल गरे । बायर्नले प्रि–सिजनका सबै खेल जितेको थियो ।
बायर्नले जर्मन सुपर कप ११औँ पटक जितेको कीर्तिमान बनाएको छ ।