काठमाडौं । टप एन्ड टी-२० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाल पहिले बलिङ गरिरहेको छ ।
मेलबर्न स्टार्स एकेडेमीले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल लगातार तेस्रो खेलमा पहिले बलिङ गर्न लागेको हो ।
यो समाचार तयार पर्दासम्म नेपाललाई दोस्रो सफलता मिलेको छ । १३.२ ओभरमा १२३ रन बनाएर मेलबर्न स्टार्स एकेडेमी खेलिरहेको छ ।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो जीतको खोजीमा छ । यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल सोमबार पहिलो जीत निकाल्ने दाउमा छ ।
सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनले हार बेहोरेको थियो ।