काठमाडौं । टप एण्ड टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १(१ विकेट लिए । यस्तै २ खेलाडी रनआउट भए ।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग पराजित भएको थियो ।