Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले पर्सि शुक्रवार भूटानसँग, भदौ ८ गते र भदौ ११ गते बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।

डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । आजदेखि शुरु हुने प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077