काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ ।
लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ ।
टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो । प्रतियोगितामा ११ वटा टोली छन् ।