Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको भारतसँग लज्जास्पद हार

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको भारतसँग लज्जास्पद हार

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ ।

बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न उद्घाटन खेलमा भारतसँग ७-० को लज्जास्पद हार बेहोरेको हो ।

नेपालले भारतलाई जित दिलाउन अभिष्टा बस्नेत, निरा चानु लोङ्गजाम र अनुष्का कुमारीले दुई गोल गरिन् । जुलान नोङ्गमैथेमले एक गोल थपिन् ।

१७औँ मिनेटमा अभिष्टा बस्नेतले भारतलाई अग्रता दिलाइन् । २५औँ मिनेटमा निरा चानु लोङ्गजामले अग्रतालाई दोब्बर बनाइन् । ३३औँ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै अग्रतालाई ३-० को अवस्थामा पुर्‍याइन् । ४१औँ मिनेटमा अभिष्टाले दोहोरो गोल गरेपछि भारतले ४-० को अग्रता कायम गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा भारतकी जुलान नोङ्गमैथेमले अग्रतामा एक गोल थपिन् ।

खेलको ५६औँ मिनेटमा निराले पनि पुनः गोल गर्दै अग्रतालाई ६-० सम्म लम्ब्याइन् । ६२औँ मिनेटमा अनुष्काले पनि दोहोरो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

भारतले अब दोस्रो जितको निम्ति शुक्रबार  बंगलादेशको सामना गर्नेछ ।

पराजित नेपालले भने पहिलो जितको निम्ति शुक्रबार  घरेलु टोली भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077