Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं। विद्यालय शिक्षा विधेयक,२०८० संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकले विधेयक पारित गरेको हो।

निजी विद्यालय सञ्चालक, नेपाल शिक्षक महासंघलगायतका सरोकारवालाको आन्दोलनकै बीच विधेयक पारित भएको छ।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक सम्बन्धमा लामो समयदेखि विवाद हुँदै आएको थियो।

शिक्षा विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको पालामा २०८० भदौ २७ गते समितिमा छलफलका लागि पुर्‍याइएको थियो।

पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077