Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि हुने

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि हुने

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आउदो मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (२७) गतेसम्म हुने जानकारी दिइएको हो ।

यसअघि एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज, सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ ओटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077